Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १४ (Lesson 14) - Exercise 1


पिटर समाजशास्त्री हो । उ तीन महिना अघि नेपाल आयो । आजभोली बिहान उ नेपाली सिक्दैछ । दिउसो उ आफ्‍नो बिसयको अनुसन्धान गर्छ । उस्को गाउँमा बिभिन्‍न किसिमका मान्छेहरु छन्, बाउन, क्षेत्री, गुरुङ्, दमाई, कामी, ईत्यादि छन् । उ धामी झाँक्रीको बारेमा अनुसन्धान गर्दैछ । उस्को गाउँ निक्कै रमाईलो छ । उ अहिले सम्म तराई गएको छैन । उस्को तराईमा पनि गएर अनुसन्धान गर्ने बिचार छ ।

तलका प्रश्‍नका जवाफ दिनुस:

  • पिटर को हो ?
  • उ कहिले नेपाल आयो ?
  • आजभोली बिहान उ कुन भाषा सिक्दैछ ?
  • दिउसो के काम गर्छ ?
  • गाउँमा कुन किसिमका मानिसहरु बस्छन् ?
  • के के जातका छन् ?
  • उ के को बारेमा अनुसन्धान गर्दैछ ?
  • उस्को गाउँ रमाईलो छ कि छैन ?
  • उ तराई गएको छ कि छैन ?
  • उस्को तराई जाने बिचार छ कि छैन त ?

 

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning