Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ १६ (Lesson 16) - Comprehension


हिजो राती ठूलो भोज थियो । म र पिटर पनि भोजमा गयौँ । त्यहाँ धेरै किसिमका खाना थीए र धेरै किसिमका पिउने कुरा पनि थिए । मेरो धेरै रक्सी खाने बानी छैन । तर पिटरले धेरै रक्सी खायो, उस्को रक्सी खाने बानी छ । रक्सी खानु भन्दा पहिले उस्ले रक्सीमा टनिक वाटर मिसायो । रक्सी खाएपछि उस्ले खाना खायो तर मैले चाहिँ उस्ले खाना खानु भन्दा पहिले खाना खाएँ । उस्ले खाना खादाखेरि म अरु साथी सँग गफसफ गर्दै थिएँ । जेहोस, पिटरलाई एकदम रक्सी लाग्यो । उ राम्रो सँग हिड्न पनि सक्थेन ।

  • हिजो राती के थियो ?
  • भोजमा को को गयौँ ?
  • त्यहाँ कति किसिमको खाना थियो ?
  • रक्सी र बियर पनि थियो ?
  • तपाईले के पिउनुभयो ?
  • पिटरले नी ?
  • रक्सी खानु भन्दा पहिले पिटरले के गर्यो ?
  • उस्ले कुन बेला खाना खायो ?
  • उस्ले खाना खादा तपाई के गर्दै हुनुहुन्थियो ?
  • उस्लाई कत्तिको रक्सी लाग्यो ?
  • उ राम्रो सँग हिड्न सक्थ्यो कि सक्थेन ?

Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning