Nepali: A Beginner's Primer Conversation and Grammar

पाठ ९ (Lesson 9) - Exercise I

Comprehension

मेरो साईकल छैन । मलाई साईकल चाहियो, तर जिमको साईकल अग्‍लो छ । म अग्‍लो साईकल चढ्न सक्दिन । आज शुक्रबार हो र अगस्टको तीन तारिख हो । आज मेरो क्‍लास छ । म आठ बजे देखि सबा १० बजे सम्म बिज्ञान र हिसाब पढाउछु । अहिले मेरो घडीमा आठ बज्न चार मिनेट बाँकी छ । म छिटो भात खाएर अफिसमा जान्छु । अफिसको काम सिधिएपछि आज बेलुका म सिनेमा हेर्न जान्छु किनभने भोली अफिस जानु पर्दैन । भोली शनिबार हो र छुट्टी छ । आज बेलुका सिनेमा हेरेर घर फर्केपछि कुखुराको मासु र भात पकाएर खान्छु । सायद एउटा चिसो बियर पनि खान्छु होला ।


Glossary - Enter or paste text in English or Nepali

Dictionary WordPartMeaning